इटहरी : कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले चोरीका गाडी नियन्त्रणलाई तीव्रता दिएको छ। यसअघि ५ वटा बोलेरो गाडी नियन्त्रणमा लिएर सार्वजनिक गरेको ट्राफिक प्रहरीले आइतबार थप दुई वटा गाडी सार्वजनिक गरेको हो ।
गोप्य सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा नक्कली ब्लु बुक बनाएर चलाइरहेका केही गाडीहरू समेत नियन्त्रणमा आएका छन् । मे १ च ३८४६ नम्बरको बोलेरो गाडी नक्कली नम्बर प्लेट लगाएर चलाइरहेको अवस्थामा प्रहरीले फेला परेको हो । त्यस्तै बा ८ च ९५१९ नम्बरको हुण्डाई कम्पनीको कार समेत नक्कली नम्बरको फेला परेको थियो । दुवै गाडीलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अगाडी बढाएको छ ।
आइतबार गाडी सार्वजनिक गर्ने क्रममा प्रदेश क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी दीपक गिरीका अनुसार रोयल इन्फील्डको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको हो । चोरीको मोटरसाइकल नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानलाई बुझाइएको उनले बताए । 
त्यसबाहेक पनि हराएका निजी गाडीहरूको खोजी तीव्र पारिएको बताउँदै एसपी गिरिले सवारीको तस्करी र सडक सुरक्षामा गम्भीरताका साथ लागि परेको स्पष्ट पारे ।