धरान : सुनसरी निर्वाचन क्षेत्र १ मा मतदानको लागि तोकिएको समय ५ बजेसम्म ४५ प्रतिशत मात्रै मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
आज बिहीबार देशभर भएको मतदान कार्यक्रममा सुनसरी–१ मा अपेक्षाकृत कम मतदान भएको निर्वाचन अधिकृत दिव्यराज घिमिरेले बताए । उनले भने ‘अपराह्न ५ बजेसम्म ४५ प्रतिशत मत खसेको पाइएको छ ।’
बिहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ । अपेक्षा गरिएभन्दा कम मतदान भएपछि यस क्षेत्रमा मतदातामा खासै उत्साह नदेखिएको निर्वाचन आयोगको अनुगमन टोलीहरूले बताएका छन् । 
संवेदनशील क्षेत्रको रूपमा हेरिएको सुनसरी–१ मा कुनै अप्रिय घटना घटेन । मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको अधिकृत घिमिरेले जनाए । केही मतदान केन्द्रमा सामान्य भीड देखिए पनि अप्रिय घट्ना भएन । 
मतदाताहरूले राजनीतिक दलप्रति असन्तुष्टि, उम्मेदवारप्रति अविश्वास र चासोको कमीका कारण मतदानमा उदाशिनता देखियो अनुगमनकर्ताहरूलाई बताएका छन् ।
निर्वाचन कार्यालयले अन्तिम विवरण आउन बाँकी रहेको उल्लेख गर्दै यस अघिको संसदीय निर्वाचनको तुलनामा यस पटकको मतदान न्यून देखिएको प्रारम्भिक आङ्कलन गरिएको जनाएको छ । प्रतिनिधिसभाको निर्वाचनमा सुनसरी १ बाट २६ जना उम्मेद्धवार छन् ।