धरान : सुनसरी १ मा श्रम संस्कृति पार्टीका हर्क साम्पाङले १०८२ को मतान्तरले अग्रता लिएका छन् ।
साम्पाङले ५८११ ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी रास्वपाकी उम्मेदवार उम्मेदवार गोमा तामाङ सरिनले ४८०१ मत ल्याएकी छिन । तेस्रो स्थानमा नेकपाका उम्मेदवारका मनोज भट्टराईले ११९१ मत, काँग्रेसका सुजेन्द्र गोलेले ८१०, एमालेका टीकाराम लिम्बूले ७९३, राप्रपाका उद्धव श्रेष्ठले ३५९ मत प्राप्त गरेका छन् ।
धरान उपमहानगरपालिकाको वडा १ देखि ६ सम्मको मतगणना गर्दा १२८९८ मत सदर भएको छ भने ७०५ मत बदर भएको छ । धरान उपमहानगरपालिकाको १ देखि ६ नम्बर वडाको मतगणना सकिएको छ ।