इटहरी : इटहरीको बसपार्कमा उच्च प्रविधियुक्त हेयर (कपाल) र स्किन (छाला) अस्पताल सञ्चालनमा आएको छ ।

कोशी प्रदेशमै पहिलो पटक अमेरिकन प्रविधिको अस्पताल सञ्चालनमा आएको हो । प्रविधिको प्रयोगले रोग पत्ता लगाई विशेषज्ञ डाक्टरबाट उपचार हुने सुविधा पहिलो पटक इटहरीमा सुरु गरिएको बताइएको छ ।

छाला तथा यौन रोगको सस्तोमा गुणस्तरीय उपचारको व्यवस्था मिलाइएको हो । गत मङ्सिर १ गतेदेखि सञ्चालनमा आएको अस्पतालले छाला, यौन रोग तथा कुष्ठरोग उपचारमा केन्द्रित सेवा प्रदान गर्ने उद्देश्य राखेको अस्पताल प्रशासनले जनाएको छ ।

अमेरिकाको नेशनल काउन्सिलबाट इजाजत प्राप्त सौन्दर्य विशेषज्ञहरूले उपचार गर्नेगरि अस्पतालले सेवा दिने भएको छ । १० वर्ष अन्तर्राष्ट्रिय अनुभव भएका सौन्दर्य विज्ञ, लेजर टेक्नीसियन र एस्थेटिक नर्सहरूको टोलीले उपचरा गर्ने गरी व्यवस्था मिलाइएको हो । अस्पतालले सौन्दर्य, छाला तथा यौन स्वास्थ्यसम्बन्धी समस्याको विश्वस्तरीय प्रविधिबाट निदान र उपचार गर्ने लक्ष्य लिएको बजार प्रबन्धक तिलक महतले बताए ।

उनका अनुसार स्थायी रूपमै कपाल हटाउने देखि कपाल रोप्ने र उमार्ने सम्मको सुविधा पाइने भएको छ । डन्डीफोर, दाग, खत, चाया, पोतो, तिल, मुसा हटाउने जस्ता उपचार ग्यारेन्टीका साथ गर्ने बताउँदै उनले ट्याटु, जलेको वा शल्यक्रियापछि बनेका दागको समेत उपचार हुने जानकारी दिए । खुकुलो छाला टाइट गर्ने, चाउरीपन घटाउने, फेस लिफ्टिङ तथा मेडिकल हाइड्रा फेशियलको समेत गरिने उनको भनाइ छ ।

अस्पतालको सुविधा प्रति पार्दापार्दै महतले भने, ‘जलनपछि नयाँ छाला ल्याउने तथा प्लास्टिक सर्जरीको भरपर्दो सेवा हामी दिन्छौँ । अस्पतालमा विश्वकै उत्कृष्ट स्तरको अमेरिकन डुअल लेजर प्रविधि राखेका छौँ ।’ विश्वस्तरीय डुअल लेजर मेसिनको मार्फतबाट स्थायी कपाल हटाउने देखि पिग्मेन्टेसन र रक्तनलीसम्बन्धी समस्याको उपचार गरिने उनले बताए ।

विश्वस्तरको प्रिमियम हाइफु प्रविधिको सुविधा रहेको बताउँदै महतले भने,  ‘अल्ट्रासाउन्डमा आधारित अत्याधुनिक प्रविधि मार्फत छालाको गहिरो तहमा ऊर्जा पुर्याएर कोलेजन उत्पादन बढाउँछ । जसको कारण छाला कसिलो बनाउने, फेस लिफ्टिङ र एन्टी–एजिङ उपचारमा मद्दत पुग्छ ।’
डिजिटल स्किन परीक्षण उपकरण मार्फत सन ड्यामेज, पिग्मेन्टेसन, रिंङ्कलको पहिचान गरी उपचार गरिने भएको छ । हर्मोन तथा इन्फेक्सन जस्ता एडभान्स टेस्टहरू छिटो र विश्वसनीय रूपमा गरिने बताइएको छ ।

skin hospital 2