धरान : झापाको भद्रपुर–३ बाट प्रहरीले बुधवार भद्रपुर–२ का २९ वर्षीय दीपेन्द्र ठटाल र ३५ वर्षीय असन राईलाई ६ ग्राम ७० मिलिग्राम ब्राउन सुगर पक्राउ गरेको छ ।
उनीहरूलाई झापाको मेची पारी प्रहरी चौकीबाट गस्तीमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
यसरी इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे–४ का ३० वर्षीय इन्द्र भुजेललाई ६४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।
सुनसरी जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले मोरङको सुन्दर हरैचा–१० का २६ वर्षीय रमेश उरावलाई ६ ग्राम २३ मिलिग्राम ब्राउन सुगर सहित इनरुवा बसपार्कबाट पक्राउ गरेको छ ।








































































