धरान : नेपाली वाइन उद्योगमा मनाङबाट उत्पादित नयाँ ब्राण्डको मनाङ वाइन नयाँ ब्रान्ड बुधवार देखी धरान बजारमा विक्री वितरणमा आएको छ ।
वाइन सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल श्रेष्ठ र कोशी प्रदेश मदिरा सङ्घका अध्यक्ष नवीन तामाङले संयुक्त रूपमा सार्वजनिक गरेका हुन । वाइन हिमाली जिल्ला मनाङको स्याउ र हिमाली पानीबाट उत्पादन गरिएको बताइएको छ ।
वाइन मकालु ब्रेभरेज कम्पनीले उत्पादन गरेको हो । कम्पनीले मनाङ ब्रान्डले नेपाली घरेलु वाइन बजारमा हिमाली स्वाद र स्थानीय उत्पादनको नयाँ पहिचान बनाउने विश्वास व्यक्त गरेको छ ।
नेपालमा पछिल्लो समय स्थानीय फलफूल र जडीबुटीमा आधारित वाइन उत्पादन विस्तार हुँदै गएको छ । किवी, ऐँसेलु, चुत्रो र महुवा जस्ता स्थानीय उत्पादनबाट बनेका घरेलु ब्रान्डहरू बजारमा थपिने क्रम बढ्दो छ ।