वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले उद्योग वाणिज्य सङ्घका पदाधिकारी र व्यापारीहरूलाई लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार शुक्रवार उद्योग वाणिज्य सङ्घ वराहक्षेत्रसँगको समन्वयमा उद्योग वाणिज्य सङ्घका पदाधिकारी र व्यापारीहरूलाई लागि अभिमुखीकरण गरिएको हो ।
नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार वराहक्षेत्र नगरपालिकाकाका उद्योग वाणिज्य सङ्घका पदाधिकारी र व्यापारीहरूलाई सहभागिता गराएर अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको नगरपालिकाका प्रशासन शाखाका प्रमुख मातृका तिवारीले जानकारी दिए ।
अभिमुखीकरण कार्यक्रममा सहभागी वाणिज्य सङ्घका पदाधिकारी र व्यापारीहरू आधारभूत करदाता शिक्षा , अधिकार र प्रभावकारिता लागतका विषयमा जानकारी र अन्तर्क्रिया गरिएको थियो ।
अभिमुखीकरण कार्यक्रममा आन्तरिक राजस्व कार्यालय इटहरीका कर अधिकृत बद्री प्रसाद भेटवालले सहजीकरण गरेका थिए ।









































































