धरान : प्रहरीले मङ्गलवार झापाको दुई ठाउँ र इलामको एक ठाउँबाट लागु औषध ब्राउन सुगर ७ ग्राम ५१० मिलिग्राम सहित ५ जनालाई पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयले जनाए अनुसार भद्रपुर–५ बाट २९ वर्षीय जहागी शेखलाई २ ग्राम ३०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको हो । मेचीनगर–१० धुलाबारीका २७ वर्षीय गुलाम रसुल मिया १ ग्राम ६०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ परेका छन् ।
इलाम माईजोगमाई–१ घरभई बिर्तामोड बस्ने २४ वर्षीय फुर्वा तामाङलाई ३ ग्राम ६१० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको हो । उनीहरू तिनैजनालाई वडा प्रहरी कार्यालय भद्रपुर र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाको प्रहरी टोलीले पक्राउ गरेको हो ।
यसैगरी इलाका प्रहरी कार्यालय झिलझिलेले शिवसताक्षी–९ की ४३ बर्सिया आशा चौधरीलाई ५८६ ग्राम गाँजा सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा–४ बाट इटहरी–१ की ३६ बर्सिया प्रगति खतिवडा, इटहरी–५ का ३१ वर्षीय विश्वराज राईलाई १० ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
 इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–२ का २९ वर्षीय रविन प्रधान, धरान–२ का १९ वर्षीय अतीत भण्डारी र मोरङको सुन्दर हरँचा–४ की अम्बिका ओझालाई ११० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
अस्थायी प्रहरी चौकी कानेपोखरी मोरङले प्र १ –०२–०४८ प १८८४ नम्बरको स्कुटरमा सवार कानेपोखरी–५ का ३३ वर्षीय वीरबहादुर घिसिङ र पछाडि बसेका कानेपोखरी ७ का ३७ वर्षीय सन्तोष लिम्बुलाई १२ ग्राम ८८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ।