बराहक्षेत्र : बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स्थित आदर्श सामुदायिक सिकाई केन्द्रले हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ ।
शुक्रवार आदर्श माध्यमिक विद्यालयको सभा हलमा उक्त माध्यमिक तह (कक्षा १० ) स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको थियो ।
प्रतियोगितामा बराह राईजिङ्ग स्टार इङ्लिस स्कुल प्रथम भएको छ । त्यस्तै दोस्रो तेस्रो औलिया माध्यमिक विद्यालय चतरा र तेस्रो राधाकृष्ण संस्कृत गुरुकुल विद्यालय चतरा धाम बन्न सफल भएको थियो । त्यस्तै आदर्श माध्यमिक विद्यालय सान्त्वना बन्न सफल भएको थियो ।
प्रतियोगितामा प्रथम हुने राईजिङ्गले ६ हजार , दोस्रो हुने औलियाले ४ हजार ५ सय, तेस्रो हुने राधाकृष्णले ३ हजार र सान्तवना हुने विद्यालय आदर्श माध्यमिकले १ हजार ५ सय सहित प्रमाण पत्र प्राप्त गरेका थिए ।
आदर्श सामुदायिक सिकाई केन्द्रका अध्यक्ष कृष्ण प्रसाद गुरागाईँ (गोकुल) को सभाध्यक्षतामा आयोजना भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा तथा समन्वय इकाई सुनसरीका प्रमुख देवेन्द्र बहादुर मल्ल रहेका थिए ।
कार्यक्रममा नगर शिक्षा समितिका ज्ञान बहादुर पाण्डे,शोभा विश्वकर्मा,बराह आदर्श क्याम्पसका प्रमुख रमेश चौहान,आदर्श माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक मोहन गौतम लगायत विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको आतिथ्यता रहेको थियो।
आदर्श सामुदायिक सिकाई केन्द्रको वार्षिक स्वकृत कार्यक्रम अनुसार वराहक्षेत्र नगरपालिका वडा नं १ र २ मा रहेका माध्यमिक तह ( कक्षा १० )का छात्र/छात्रा बिद्यार्थीहरुको सहभागिता गराएर हाजिरी जवाफ प्रतियोगिता आयोजना भएको थियो ।
प्रतियोगितामा वडा नं १ र २ मा रहेका सम्पूर्ण ६ वटा माध्यमिक तह ( कक्षा १०) का सामुदायिक , धार्मिक तथा धार्मिक विद्यालयका बिद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रमको सहजकर्ता आदर्श माध्यमिक विद्यालयका शिक्षक उदय ठटालले बताए ।









































































