धरान : काँग्रेसका वरिष्ठ नेताहरू छुट्टै राष्ट्रिय भेला तयारीमा लागेको खबर आइरहेको बेला सभापति गगन थापालाई जिल्लाका अगुवा काँग्रेस नेताहरूले काठमाण्डौमा भेटघाट गरी एकताबद्ध सिङ्गो काँग्रेस निर्माण गर्न आग्रह गरेका छन् ।
सुनसरीबाट काठमाडौँ गएको अगुवा काँग्रेस कार्यकर्ताको टोलीले सभापति थापासँग भेटघाट गरी पार्टी एकजुट बनाउन आग्रह गरेका हुन ।
काँग्रेस कोशी प्रदेश महामन्त्री उमेश थापा सहितको टोलीले भेटघाटमा सभापति थापालाई कार्यकर्ताले भेटघाटमा सिङ्गो र एकताबद्ध काँग्रेस निर्माणको आवश्यकतामा जोड दिएका हुन ।
काँग्रेस धरान नगर सभापति श्याम पोखरेलका अनुसार भेटघाटमा धरानका पूर्व मेयर तिलक राई, सुनसरी उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष विषय श्रेष्ठ, नगर सचिव हिमाल श्रेष्ठ, जितेन्द्र राई लगायत सहभागी थिए ।
काँग्रेस सभापति थापा पार्टीको विशेष महाधिवेशन पछि पहिलो पटक सुनसरी धरानका काँग्रेस कार्यकर्ताहरूको टोली सँग यसरी छुट्टै भेटघाट गरेका हुन ।
भेटघाटमा विशेष महाधिवेशनयता नेपाली काँग्रेसभित्र देखिएको ध्रुवीकरणका कारण धरान सहित देशभरका कार्यकर्तामा सिर्जना भएको द्विविधाको अवस्थाका बारेमा चर्चा भएको थियो ।
नगर सभापति पोखरेलले भने ‘हामी एकताबद्ध र सुदृढ काँग्रेस चाहन्छौँ, पार्टीभित्रको अन्योल अन्त्य गर्दै सबैलाई समेटेर अघि बढ्नुपर्ने धारणा सभापतिज्यू समक्ष राखेका छौँ ।’
सभापति थापासँग समसामयिक राजनीतिक अवस्था, पार्टीको आन्तरिक एकता, कप्तानगञ्जको घट्ना,धरानको विकास तथा आगामी स्थानीय निर्वाचनको तयारीबारे पनि छलफल भएको बताइएको छ ।
dharane congress