धरान : धरान उपमहानगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ को बजेटमा कार्यवाहक प्रमुख अइन्द्रबिक्रम बेघाले  सङ्कटग्रस्त सहकारी व्यवस्थापनमा ५ करोड बजेट विनियोजनको विरोध गरिरहेका वडाध्यक्षहरूलाई बराह सहकारी स्वतन्त्र पीडित समूह धरानले सार्वजनिक विज्ञप्ति प्रकाशित गरी बजेटको उक्त विनियोजनमा कुठाराघात नगर्न आग्रह गरेको छ ।
बजेटको सोही विषयलाई वडाध्यक्षहरूले विरोध गरिरहेकाले बजेट नगरसभामा पेस हुन पाएको छैन । बराह सङ्कटग्रस्त घोषित भएपछि त्यसको कानुन बमोजिम व्यवस्थापन गर्न सरकारले स्थानिय सरकार नगरपालिकालाई निर्देशन दिइसकेको छ । सोही उद्देश्यका लागि विनियोजन गरेको बजेटमा विवाद हुँदा पीडितहरूले अब केही होला भनी गरेको आशामा कुठाराघात हुने कार्य नगर्न वडाध्यक्षहरूलाई आग्रह गरेका हुन ।
विज्ञप्तिमा भनिएको छ ‘सहकारी पीडितहरू ५ वर्ष देखी केही हुन्छ, गरिदिन्छन् भनेर पर्खेर बसेका छौँ । यसपालि पीडितहरूको समस्या समाधानका लागि ठोस कार्य हुन्छ भनेर आश्वस्त भएको समयमा कसैबाट कुठाराघात भएको खण्डमा पीडितको धैर्यको बाँध फुट्ने छ । यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार पनि स्वयम् वहाँहरू (वडाध्यक्षहरू) नै हुनेछन् भन्ने जानकारी गराउँदछौँ ।’
विज्ञप्तिको पूर्ण विवरण यस्तो छ :
baraha pidit PR NEW