वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं १ खारखोलाका नेपाली काँग्रेसका प्रदेश पार्षद् समेत रहेका युवा नेता सन्तोष श्रेष्ठले वराहक्षेत्र मन्दिर क्षेत्रमा रहेका असहाय , सन्यासी र जोगीहरूलाई सहयोग गरेर आफ्नो जन्म दिन मनाएका छन् ।
शुक्रवार साउन २९ गते आफ्नो ३८ औँ जन्मदिनको अवसरमा सन्तोषले वराहक्षेत्र- १ वराहक्षेत्र मन्दिर परिसरमा रहेका करिब ३० जना असहाय , सन्यासी र जोगीहरूलाई खाद्य,रकम र कपडा प्रदान गरेका थिए ।
जन्मदिनमा हुने खर्चलाई सामाजिक कार्यमा लगाएको श्रेष्ठले बताए । सशक्त, असहाय भएका परिवारलाई आफ्नो जन्म दिनको अवसरमा सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको उनी बत्ताउँछन् ।
सन्तोषले विगतका जन्मदिनको अवसरमा बाटोको किनारामा वृक्षारोपण, साधुहरूलाई भोजन गराउने, चोकमा सुरक्षित यात्राका लागि बोर्ड, सिसी क्यामरा लगाएर जडान, मठ,मन्दिर रङगोगन ,सडक मर्मत,असहाय ,अशक्त मानिसहरुलाई सहयोग गर्दै गरेका थिए ।
जन्मदिनको अवसरमा उदाहरणीय कार्य गर्दै आएका श्रेष्ठ नेपाली काँग्रेसका सुनसरी क्षेत्र नं १ प्रदेश सभा २ का सदस्य प्रदेश पार्षद्सँगै वराहक्षेत्र खेलकुद विकास समितिका सदस्य, खारखोला फुटबल क्लबका अध्यक्ष समेत हुन् ।








































































