धरान : सुनसरी जिल्ला धरान, इटहरी, इनरुवा, वराहक्षेत्र लगायत क्षेत्रको पत्रकारिताको इतिहास र वर्तमान अवस्थाका बारेमा लेखिएको पुस्तक ’सुनसरीको मिडिया परिदृश्य’ पुस्तक बजारमा आएको छ ।
पत्रकार भोजराज श्रेष्ठको खोज, अनुसन्धानको परिणाम स्वरूप पहिलो पटक सुनसरी जिल्लाको पत्रकारिताको इतिहास पुस्तक प्रशासित भएको हो । यस अघि फुटकर लेखको रूपमा पत्रपत्रिका, स्मारिका, अनलाइनमा लेखको रूपमा मात्र टुक्राटाक्री इतिहास पढ्न पाइन्थ्यो ।
पुस्तकमा सुनसरी जिल्लाका उपमहानगर, नगर र गाउँपालिकाको छुट्टाछुट्टै पत्रकारिताको इतिहास र वर्तमान अवस्थाको विवरण एवं विश्लेषण गरिएको छ । पुस्तकमा  सुनसरीमा पत्रकारिताको इतिहासको कालखण्ड, विकाशक्रमको विश्लेषण समेत गरिएकोले रोचक बनेको छ ।
नयाँ पुस्तका पत्रकार, सञ्चारकर्मीका लागि सुनसरीको पत्रकारिताबारे सामान्य ज्ञान राख्न ’सुनसरीको मिडिया परिदृश्य’ सन्दर्भ पुस्तक मान्न सकिन्छ । धरान, इटहरी लगायत नगरका बुद्धिजीवीहरूका लागि जिल्लाको पत्रकारिताबारे जानकारी तथ्याङ्क स्मरण गर्न पुस्तक पठनीय र संग्रहनीय छ ।
कभर सहित २५० पृष्टको पुस्तकमा ७ खण्डमा विषय वस्तु विभाजित गरेर लेखिएको छ । पुस्तक धरान रिडर्स ग्रुपले प्रकाशित गरेको हो । पुस्तक पाउन हाल लेखक श्रेष्ठसँग सिघा सम्पर्क गर्न ९८५२०३९९०६ मा फोन गर्न सकिन्छ ।