धरान : नेपाली कम्युनिस्ट पार्टी धरान उपमहानगर कमिटीले बाढी पहिरो प्रभावित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १ लाख १४ हजार ६५५ रुपैयाँ सहयोग रकम जम्मा गरेको छ ।
राजनीतिक दलको स्थानीय कमिटीले प्रधानमन्त्री राहत कोषमा सहयोग रकम जम्मा गरिएको रकम धरानबाट यो पहिलो हो । 
पार्टीका धरान संयोजक सिपी बजगाईँको संयोजनमा बिहीबार धरान बजारमा राहत सङ्कलन गरी उक्त रकम प्रधानमन्त्री राहत कोषमा पठाइएको हो।
संयोजक बजगाईँका अनुसार बिहीबार बिहान ११ बजेदेखि दिनभर बजारमा राहत सङ्कलन गरिएको रकम साँझ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो । 
विपद्को समयमा सहयोग गर्ने संस्कारको विकाससँगै अन्य सहयोगी हातलाई समेत प्रेरणा मिलोस् भन्ने उद्देश्यले राहत रकम प्रदान गरिएको पार्टीले जनाएको छ ।