इटहरी : इटहरीका मेयर द्वारीकलाल चौधरीले इटहरीकै एक पत्रकार तारा पोखरेललाई धम्की दिएका छन् । मेयर चौधरीले पोखरेललाई तेरो बुढी भोली अपरहण पर्दैछ भन्दै धम्क्याएका हुन् । साँझको समयमा आफुमाथी मेयर चौधरीले घिनलाग्दो भाषामा धम्की दिएको उनले उल्लेख गरेका छन् ।

केही दिन अगाडी मेयर चौधरी एक महिलाको घरमा गएको बिषयमा पत्रकार पोखरेलले सामाजीक संजालमा पोष्ट गरेका थिए । मेयर चौधरीले साँझको समयमा उक्त महिलाको घरमा गएको उनले उल्लेख गरेका थिए ।

उनले फेसबुक पोष्ट मार्फत स्थानीयले धेरैपटक मेयर चौधरी यसैगरी सो महिलाको घरमा गएको लेखेका छन् । केही समय अगाडी ..डी जिन्दाबाद भन्ने मेयर आफै ..डो रहेको उनले आरोप लगाएका छन् ।

त्यसपछी पनि उनले पटकपटक सोही बिषयलाई लिएर फेसबुक पोष्ट गरेको पाईन्छ । बिहिबार साँझको मेयर चौधरी र पोखरेल बिचको फोन वार्तालापमा भने मेयर चौधरीले तेरो बुढीलाई भोली अपहरण गर्दै छ भन्ने धम्की दिएका छन् । यस अघि पनि मेयर चौधरीको बिषयमा पोखरेल खरो उत्रीदै आएका थिए ।

कपुरी न्युजलाई प्राप्त छोटो फोन बार्तामा धेरै कुरा नभएपनि तेरा बुढीको पोइ र तेरो बुढीको भोली अपहरण हुदैछ भन्ने प्रष्ट बुझीन्छ । कसले कसलाई फोन गरेको प्रष्ट नभएपनि फोन वार्ता स्पष्ट सुनीन्छ ।

पत्रकार : हँ खै बोल्या ? कोहो ?
मेयर : तेरा बुढीको पोइ
पत्रकार : हँ ? अरु अरु ! को बोल्या ?
मेयर : तेरो बुढीको पोइ
पत्रकार : अत भन नत भन न । के भोत भन न । तो ठिकै होत तो........... खोइ बोल्या ?
मेयर : तेरा बुढीको पोइ
पत्रकार : को ?
मेयर : तेरो बुढीको पोइ
पत्रकार : के भन्छ होउ यो मान्छे........................ खै बोल्या ?
मेयर : तेरो बुढीको पोइ
पत्रकार : अन्त के भो त ?
मेयर : तेरो बुढीलाई भोली अपरहण गर्दै छ त ।
पत्रकार : के भन्या ? खै बोलेको ?
मेयर : तेरो बुढीको पोई
पत्रकार : भन न त भन के भनेको त ?
मेयर : तेरो बुढीलाई भोली अपहरण गर्दै छ त ।
पत्रकार : कस्ले ?
मेयर : तेरो बुढीको पोइले