धरान  नेपाली युवक दिवेश पोखरेल अमेरिकन आइडलको उप-विजेता भएका छन् । अमेरिकन आइडलको १८ औं संकरणमा दिवेश उपविजेता भएका हुन् । अमेरिकन आइडलको १८ औं संकरणको उपाधी जस्ट सामको पोल्टामा पुगेको छ ।

उत्कृष्ठ पाँचमा परेका दिवेश भोटका आधारमा दोस्रो बनेका हुन् । फाइनलमा दिएको प्रस्तुतिका आधरमा दुई घण्टामा प्राप्त भोटका आधारमा विजेता चयन गरिएको थियो । यसमा भने दिवेशको भन्दा सामको धेरै भोट आयो । जसका कारण उनी उप(विजेतामा सिमित भए ।

उनलाई यो संस्करणको उपाधि दाबेदारका रुपमा हेरिएको थियो । दिवेशलाई निर्णायकहरुले राइजिङ स्टार भन्दै आएका थिए । नेचुरल स्वरभन्दै उनको प्रशंसा गर्दै आएका थिए ।

हजारौं प्रतिस्पर्धीलाई पछि पार्दै दिवेश फाइनलमा पुगेका थिए । अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली हुन् ।

कोरोनाको महामारीका कारण अमेरिकन आइडलले पछिल्लो केही श्रृंखलामा भर्चुअल प्रस्तुतिको व्यवस्था मिलाएको थियो ।

दिवेश काठमाडौं रविभवनका हुन् ।

अमेरिकन आइडलको जारी १८ औं संस्करणमा लुक ब्रायन, केटी पेरी र लिओनेल रिची निर्णायक थिए । ।

२० वर्षीय दिवेश ६ वर्षदेखि अमेरिकामा बस्दै आएका छन् । उनी आफैं गीत रचना, संगीत तथा गाउने गर्छन् । उनले आफ्ना गीत तथा सिर्जना आफ्नै यु-ट्युब च्यानल आर्थर गनमार्फत सार्वजनिक गर्दै आएका छन् ।