ओखलढुंगा : ओखलढुंगा सिद्धिचरण-७ दोल्पु बस्ने ४५ बर्षीय पासाङ फुरी शेर्पाको लडेर मृत्यु भएको छ ।

बिहिवार अपरान्ह ०५ बजे घरबाट जंगलमा च्याउ खोज्न गएका शेर्पा खर पाखाबाट लडी २ मिटर तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

जंगलमा च्याउ खोज्न गएका शेर्पा अबेर सम्म पनी घर फर्की नआएपछी आफन्तले खोजी गर्ने क्रममा उनलाई मृत अवस्थामा फेला पारी प्रहरीमा खबर गरेका थिए । घटना सम्बन्धमा कानुनी कारबाही भईरहेको प्रहरीले जनाएको छ ।