झापा ; झापामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै शङ्का लागेकाहरूको अहिले सम्म ६सय जनाको स्वाब (पीसीआर) को परीक्षण गरिएको छ ।

जिल्लामा ६ सय जनाको पीसीआर परीक्षण गरिएकोमा ३५ जना सङ्क्रमित भएका छन् भने ५० जनाको रिर्पाट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागााईले जानकारी दिएका छन् । ५० जनाको पीसीआर रिर्पोट दुई दिनभित्रमा आइपुग्ने उनले बताए ।

कचनकवल, बाह्रदशी गाउँपालिका, भद्रपुर, बिर्तामोड, मेचीनगर नगरपालिका लगायतका पालिकाहरु रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । ३५ जना सङ्क्रमितमा ३३ जना कचनकवल गाउँपालिकाका छन् भने २ जना बाह्रदशी र दमक नगरपालिकाका हुन् । बाह्रदशी गाउँपालिका र दमक नगरपालिकाका दुवै जना निको भएर घर फर्किइसकेका छन् ।

फोकल पर्सन चौलागााईका अनुसार झापामा १ हजार ८ सय जनाको ¥यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) गरिएको छ । यसअघि आरडीटी टेस्टमा हल्दीबारी गाउँपालिकाका एक व्यक्तिमा एण्टीबढी पोजेटिभ आएको थियो । त्यस्तै भारतबाट लुकीछिपी काँकडभिट्टा आइपुगेका ३ सय १५ जना मध्ये १५ जनामा एण्टीबढी पोजेटिभ भेटिएको छ । बिहीबार आइपुगेका उनीहरू काँकडभिट्टा माविको होर्डिङ सेन्टर, धाइजनको स्वास्थ्य चौकी र इटाभट्टा स्थित आदर्श माविको क्वारेनटाइनमा राखिएको थियो ।

शुक्रवार १ नम्बर प्रदेश सरकारको पहलमा आरडीटी टेस्ट गर्दा एण्टीबढी पोजेटिभ भेटिएको चौलागाईले जानकारी दिए । एण्टीबढी पोजेटिभ भेटिएकाको पीसीआरको टेस्ट गरेपछि मात्र कोरोना भाइरस लागेको होकी, होइन थाहा हुने उनको भनाई छ । एण्टीबढी पोजेटिभ भेटिएका मेचीनगरमा रहेका १५ जनाको पीसीआर टेस्ट गरेर विराटनगरको प्रयोगशालामा पठाइने छ ।