धरान : पछिल्लो २४ घण्टाको अवधिमा २८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । यो सँगै पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या कार्यालयले दिने नियमित मिडिया व्रिफिङमा दिइएको जानकारी अनुसार २७० जना पुरुष र १८ जना महिला सहित २८८ जना नयाँ कोरोना सङ्क्रमित थपिएका हुन् । यो सँगै सङ्क्रमितको कुल सङ्ख्या २०९९ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पर्वतमा ५, स्याङ्जामा ५, रौतहटका ३८, सप्तरीका १, बर्दियाका ३, बाँकेका १७ जना, सुर्खेतका २७ जना, दैलेखमा ९ जना, सल्यानमा १८ जना, अछामका १० जना, बाराका १ जना, दाङमा १७ जना, प्युठानमा १ जना, कञ्चनपुरका ८ जना, कैलालीका १० जना, धनुषाका ६ जना रहेका छन् ।

त्यस्तै महोत्तरीका २ , रौतहटका ३६ जना, सर्लाहीका २१ जना, सिराहाका १७ जना, भक्तपुरका १ जना, धादिङ १ जना, कपिलवस्तुका १६ जना, काठमाडौँ ४ जना, नवलपरासीपूर्वकमा १ जना, नवलपरासी पश्चिममा १, नुवाकोटमा २ जना र रुपन्देहीमा १० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

काठमाडौँमा कोरोना देखिएका ४ जना काठमाडौँ मेडिकल कलेजका स्वास्थ्यकर्मी रहेको बताइएको छ । अहिले सम्म नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २०९९ पुगेको छ भने निको भएका २६६ जना र मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ ।