कोरोना भाइरस : विश्वभरमा संक्रमितको संख्या ८५ लाख ७० हजार नाग्यो, ४ लाख ५५ हजारको मृत्यु दैनिक १ लाख भन्दा बढी संक्रमित थपिदैँ

  • असार ५, २०७७
  • १६९ पटक पढिएको
  • कपुरी न्यूज
alt

धरान : विश्वभरमा दैनिक एक लाख भन्दा बढी कोरोनाका नयाँ संक्रमितहरु थपिइरहेका छन् ।
महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर एकै दिन १ लाख ४० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै १ लाख ४० हजार ३२३ जना संक्रमित भएका छन् । योसँगै संक्रमितको संख्या ८५ लाख ७० हजार १७९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार १२६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४ लाख ५५ हजार ५७८ पुगेको छ ।

३६ लाख ५ हजार ३४६ जनाको उपचार भइरहेको छ भने ४५ लाख ९ हजार २५५ जना उपचारपछि निको भएका छन।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा शुक्रबार बिहानसम्म १ लाख ८५ हजार २३५ जनाको मृत्यु भएको छ ।

२२ लाख ६८ हजार १३६ जना संक्रमित भएकोमा १२ लाख १९ हजार १३३ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ५० हजार ३७१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २६ लाख १० हजार १३० पुगेको छ । त्यसमध्ये ११ लाख ५१ हजार १८० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ४५ हजार ४५५ जनाको मृत्यु भएको छ । १७ लाख ७५ हजार ३०२ जना संक्रमित भएकोमा ११ लाख १४ हजार ५२४ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ६६ हजार ९२४ जनाको मृत्यु भएको छ । १६ लाख २८ हजार १५६ जना संक्रमित भएकोमा ८ लाख ८६ हजार ३ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ७ हजार ४५० जनाको ज्यान गएको छ भने २ लाख ७८ हजार ६७७ संक्रमित छन् । संक्रमितमध्ये १ लाख २८ हजार ३४७ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ९ हजार ५ जना संक्रमित भएकोमा ८ हजार ४६६ जना संक्रमणमुक्त भएका छन् ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • बिनय बाह्रकोटी (ईटहरी)
  • कृष्ण 'बहाब' भट्टराई (इटहरी)
  • अर्जुन काफ्ले (पथरी)
  • केशवराज भण्डारी (बिर्तामोड)
  • बिज्ञापन प्रमुख सुजन खत्री (९८०७०९२०९७)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved