धरान : हेटौंडौ मकपानपुरमा घरको भान्छामा मृत भेटिएकी सुस्मिता थापाको हत्या परिवारका सदस्यहरूले हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको छ । दुई साताको अनुसन्धानपछि मकपानपुर प्रहरीले २२ वर्षीया थापाको हत्यामा संलग्न भएको आरोपमा सासू, ससुरा र दुईजना नन्दलाई पक्राउ गरेर सोमबार सार्वजनिक  नै  गरेको छ ।

प्रहरीले मृतकका ५८ वर्षीय ससुरा प्रकाश थापा, ५० वर्षीया सासू तुलसा, नन्दहरू २७ वर्षीया दुर्गा र २३ वर्षीया नन्द सीता थापालाई सार्वजनिक गरेको हो ।

सुस्मिताका पति अर्थात् प्रकाश र तुलसाका छोरा रुपेन्द्रको २६ असोज २०७६ मा ससुरालीबाट फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको थियो । परिवारका सदस्यहरुले बुहारीमाथि उनकै कारण छोराको मृत्यु भएको आरोप लगाउँदै मानसिक यातना दिँदै आएका थिए ।

रुपेन्द्रको सवारी दुर्घटनाको मृत्यु भएका कारण क्षतिपूर्ति बापत रकम दश लाख आएको थियो । यो रकम उनका बाबु प्रकाशले लिइसकेका थिए । यस्तै क्लोजर सिस्टम इन्टरनेशनल नेपालबाट पाउने बिमा, बोनस र तलब गर्दा ३८ लाख २८ हजार आउने भयो । यो विवादका क्रममा ससुरा प्रकाशले सुस्मितामाथि पटकपटक जर्बजस्ती करणी प्रयास समेत गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटना योजनाबद्ध तरिकाले यही दुई कारणले परिवारका सदस्यहरु मिलेर सुस्मिताको हत्या भएको देखिएको प्रहरी उपरिक्षक सुशील सिंह राठोरले बताए ।

घटना भएको दिन असार १ गते राति करिब ९ बजे ससुरा प्रकाश र सासू तुलसाकुमारी खाना खाएर सुत्ने कोठातर्फ गएको थिए । सुस्मिता र नन्द सीता भान्छाकोठामा खाना खाइरहेका थिए । सुस्मिता महिनावरी भएको कारण भुईँमा बसेर खाना खाइरहेका थिए । त्यही बेला प्रकाश काठको लौरो बोकेर आए र सुस्मिताको टाउकोमा पछाडिबाट हिर्काए ।

उनी भुईँमा लडिन् त्यसपछि नन्द सीता थापाले नजिकै रहेको लोहोरो प्रहार गरेपछि गम्भीर घाइते भइन् । सुस्मिताले गुहार माग्दै कराउन थालेपछि सासू तुलासा भान्छाकोठातिर आइन् । तर बाबुछोरीले अर्को कोठामा जान लगाए । त्यसपछि बाबुछोरी मिलेर सुस्मिताको हत्यालाई आत्महत्या जस्तो बनाउने प्रयासमा गर्छन् ।


भुईँमा लागेको रगत सफा गरे, कपडामा लागेको सबै रगत पखाले  , छोरीलाई बाहिर पठाएपछि प्रकाशले भित्रबाट चुकुल लगाए, र आल्मुनियमको स्लाइडिङ झ्यालबाट झ्यालबाट बाहिर निस्किए ।भोलिपल्ट ससुरा प्रकाशले बुहारीले आत्महत्या गरेको भन्दै गाउँलेलाई बोलाएपछि घटना प्रहरीसम्म पुगेको थियो । 

हत्या अभियोगमा प्रहरी हिरासतमा रहेकाहरुलाई मुलकको फौजदारी अपराध संहिता २०७४ को दफा ४१ क बमोजिम क्रुर यातना दिएर ज्यान मारेको आरोपमा जन्मकैदसम्म सजाय हुनसक्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सुशिलसिंह राठौरले बताए ।