धरान : पछिल्लो २४ घण्टामा देशभर ७० जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो ।
यो सँगै सङ्क्रमितको सङ्ख्या १६ हजार ७ सय १९ पुगेको छ । सङ्क्रमितमध्ये ८ हजार ४ सय ४२ जना उपचारपछि घर फर्किएका छन् भने ३८ जनाको कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गएको छ ।




![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)





























































