धरान :आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्म जयन्ती आज धरानमा भानुको सालिकमा माल्यार्पण गर्दै आ आफ्नो रचना पाठ गरेर मनाइएको छ ।

नेपाली लेखक सङ्घको आयोजनामा आयोजित २०७ औँ आदिकवि भानुभक्त आचार्यको जयन्तीमा धरानको भानु चौकमा रहेको भानुभक्तको सालिक भएको स्थानमा भेला भएर गिरिराज आचार्य,डा.भोलानाथ पोखरेल,भीष्म काफ्ले,डा.रमेश घिमिरे,डा.आनन्द आचार्य,डा.महानन्द तिम्सिना,डा.भवानी शङ्कर भट्टराई,शरण कुमार राई,भरत भट्टराई,गोविन्द तिम्सिना,लक्ष्मी अच्युत ढुङ्गाना, श्रीमती हिमाल राई, हरिप्रसाद दाहाल,मणिराज भट्टराई,प्रदीप आचार्य ,मुरारि सुवेदी ,पुष्प ढकाल,मचीन्द्र खत्री लगायतले आफ्ना रचना तथा रामायणको पाठ गरेका थिए ।

पूर्व १ नम्बर प्रदेशका प्रमुख डा. गोविन्द तुम्बाहाङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा धरान उपमहानगरपालिकाका उपमेयर मञ्जु भण्डारी सुबेदी लगायत उपस्थिहरुले भानु प्रतिमामा माल्यार्पण,पुष्पार्पण,अबिर तथा धूप बालेर श्रद्धा प्रकट गरेका थिए ।