धरान : संखुवासभाको धर्मदेवी नगरपालिका -१ तेल्लोकका ६१ बर्षीय रुद्र राईको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ ।

मृतककै भतिज ४३ बर्षीय गंगा राईले सोमवार बिहानै मद्यपान सेवन गरी एक्कासी सामान्य विवाद हुदाँ धारीलो हतियार प्रहार गर्दा घाईते भएका राईलाई उपचारको लागी प्राथामिक स्वास्थ्य केन्द्र चैनपुर लैजाने क्रममा बाटोमा  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी नवराज मल्लले जानकारी दिए ।

घटनाको जानकारी पाएपछि प्रहरी चौकी मुढेशनिश्चरेबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संग्लग्न गंगा राईलाई र घटनामा प्रयोग भएको खुकुरी नियन्त्रणमा लिएको र अन्य थप अनुसन्धान भईरहेको मल्लले बताए