धरान : धरान १३ का एक २८ वर्षीय युवामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

धरानमा पहिलो पटक ट्राभल हिस्ट्री नभएका युवामा कोरोना पुष्टि भएपछि धरानमा पनि समुदायमा कोरोना सङ्क्रमण भएको हुन सक्ने आशङ्का गरिएको छ ।

धरान १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेका अनुसार सङ्क्रमित युवा लकडाउन अवधिमा कहीँ कतै नगएको र मर्निङवाक सम्म जाने गरेको भन्ने थाहा भएको बताएका छन् । उनमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना गरिसकिएको बताइएको छ ।

कोरोना सङ्क्रमित युवाको टोलमा विशेष स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरिएको बताइएको छ । अव के गर्ने ? भन्ने बारेमा निर्णय हुन बाकी रहेको वडाध्यक्ष काफ्लेले बताए ।