धरान : प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत कोरोना संक्रमित प्रहरीको क्लोज कनट्र्याक्ट भएका भनिएका धरान-१४ विजयपुरका ६६ जना सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

धरान १४ गणेश चौकका संक्रमित प्रहरी घर आएर छोरीको जन्म दिवस मनाउँदा र उनीसँग क्लोज कनट्र्याक्ट रहेको भनी साउन १४ गते आशङ्का गरिएकाहरूको स्वाब सङ्कलन गरिएको थियो ।

आज बिहान विजयपुरका सबैको पिसिआर परीक्षणको रिपोर्ट कोरोना नभएको आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।