धरानमा ९ जनामा कोरोना सङ्क्रमण पुष्टि, क्वारेनटाइन बाहिरका ५ जनामा पनि सङ्क्रमण भेटियो

  • श्रावण १८, २०७७
  • ५९३१ पटक पढिएको
  • कपुरी न्युज
alt

धरान : धरानमा आज ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेहरूमा धरान १३ का कोरोना संक्रमित युवा काम गरेको धरान औद्योगिक क्षेत्रको उद्योगका ५ जना र अरू एन्फा क्वारेनटाइनका ४ जना गरी ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।

धरान १३ का कोरोना संक्रमित युवाले काम गर्ने गरेको धरान ८ तीनकुनेमा रहेको धरान औद्योगिक क्षेत्रका ५ वर्षीय बालिका देखि ४३ वर्ष उमेर समूहका रहेको बताइएको छ । ५ वर्षीय १ बालिका, ९ वर्षीय १ बालक, २८ र ४३ वर्षीय पुरुष र एक जना महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

उनीहरू बिचमा विराटनगर र जनकपुर गएर आएको बताइएको छ । १३ नम्बर वडाका युवाको कनट्र्याक्ट ट्रेसिङको क्रममा उनीहरूको पिसिआर परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको हो ।

यसै गरी धरान १७ एन्फा क्वारेनटाइनमा बस्ने ४ जना पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरू ४ जना भारतीय सेनामा कार्यरत रहेको र उनीहरू भारतको मणिपुरबाट आएको बताइएको छ । उनीहरू मध्ये धरान १६ का ५७ वर्षीय, धरान ११ का ३५ वर्षीय, धरान १८ का २७ वर्षीय, धरान १५ का २३ वर्षीय पुरुष रहेको बताइएको छ ।

यो सँगै धरान उपमहानगरपालिकामा क्वारेनटाइन बाहिरका ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या २४ पुगेको छ ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved