मलेसियामा नेपाली सेक्युरिटी गार्डलाई नेपालीले नै कुटेको पुष्टि

  • श्रावण २०, २०७७
  • ५२५ पटक पढिएको
  • कपुरी न्यूज
alt

धरान : मलेसियमा नेपालीमाथि भएको कुटपिट घटनाका पीडित र पीडक दुबैजना नेपाली नै रहेको र उनीहरु दूतावासको सम्पर्कमा आएको मलेसियास्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

दूतावासले विज्ञप्ति जारी गरी घटनाका पीडित र पीडक दुवैजना नेपाली रहेको र उनीहरू दूतावासको सम्पर्कमा आएको जानकारी दिएको हो ।

दूतावासले ती दुवैजना कार्यरत रहेको सुरक्षागार्ड सम्बन्धी सेवा उपलब्ध गराउने कम्पनी पीआइकेएमलाई उक्त घटनाबारे सत्यतथ्य बुझ्न अनुरोध गरेको पनि जनाएको छ ।

उक्त घटनामा पीडित रहेका व्यक्ति नवलपरासी जिल्लाका इस्लाम हुसेन रहेको र पीडक कपिलवस्तु जिल्लाका श्रीरामगोपाल मुराउ रहेको दूतावासले जनाएको छ ।

उनीहरू दुवैजना मलेसियाको कानुनअनुसार अवैधानिक रूपमा रहेको पनि दूतावासले उल्लेख गरेको छ ।

उक्त घटना ७ जुलाई २०२० बिहान करिब १० बजे भएको उनीहरूले बताएको दूतावासको भनाइ छ । र, उक्त घटना क्वालालम्पुरस्थित एम थ्री मलमा भएको थियो ।

घटनामा संलग्न दुईमध्ये पीडक सेक्युरिटी सुपरभाइजरका रूपमा कार्यरत रहेको र पीडित व्यक्ति सेक्युरिटी गार्डका रूपमा कार्यरत रहेको दूतावासले जनाएको छ ।

घटनामा पीडकका रूपमा संलग्न मुराउ स्वेच्छाले नै सोमबार मलेसियाली प्रहरीसमक्ष उपस्थित भएका छन् ।

घटनाको छानबिन मलेसियाली प्रहरीले गर्ने दूतावासले जनाएको छ । निर्घात कुटपिट भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved