धरान : धरान उपमहानगरपालिकामा पनि समुदाय स्तरमै कोरोना फैलिएको भन्दै आज राति १२ बजे देखि लागु हुने गरी एक हप्ताको लागि लकडाउन घोषणा गरिएको छ ।
धरान उपमहानगरपालिकाको अहिले बसिरहेको नगर कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो । आज बिहान बसेको कार्यपालिका बैठकको पहिलो एजेन्डाका रूपमै धरानमा लकडाउन जारी गर्ने निर्णय भएको १३ नम्बर वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले बैठक स्थलबाट टेलिफोनमा कपुरी न्युजलाई जानकारी गराएका छन् ।
भरै राति १२ बजे देखि साउन २९ गते सम्म एक हप्ता लकडाउन गर्ने निर्णय भएको छ । अत्यावश्यक र औषधी पसल बाहेक सबै बन्द गर्ने निर्णय भएको वडाध्यक्ष काफ्लेले बताए ।
कार्यपालिका बैठकमा अरू पनि महत्त्वपूर्ण एजेन्डाहरूमा छलफल भइरहेको र थप निर्णयहरू आउन बाँकी रहेको छ । यो समाचार तयार पारुन्जेल सम्म कार्यपालिका बैठक जारी रहेको छ ।

अहिले सम्म धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या २८ पुगेको छ । २८ जना मध्ये ९ जना समुदायका स्थानियमा पनि कोरोना संक्रमण देखिएको छ ।