धरान : धरानमा समुदायमा कोरोना पहिचानका लागि गठित रेनडोम मास टेस्टिङले थालेको मास टेस्टिङको क्रममा आज सम्म ६ सय ६० जनाको स्वाबको नमुना लिईएको छ ।

गएको मङ्गलवार देखि सुरु गरिएको मास टेस्टिङको क्रममा पहिलो दिन १ सय ३०, दोस्रो दिन २ सय ९७ र आज तेस्रो दिन २ सय ३३ जनाको गरी जम्मा ६ सय ६० जनाको स्वाबको नमुना लिइएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिए । उनका अनुसार आज पहिलो चरणमा १ सय ९१ जनाको एन्फा एकेडेमीमा र दोस्रो चरणमा धरान ८ मा रहेको प्रीति भल्भ एन्ड फिटिङ्स इन्डस्ट्री प्रा.ली.का ४२ जनाको गरी २ सय ३३ जनाको स्वाब लिइएको छ । यसै गरी भोलि पनि धरान १३ र धरान १५ मा पनि थप स्वाब लिइने प्रमुख मेहेताले बताए ।

PCR-Test-Priti धरानमा समुदाय स्तरमा कोरोना सङ्क्रमण छ की छैन भनेर सुरु गरिएको मास टेस्टिङको क्रममा पहिलो दिनको नमुना सङ्कलनमै धरान ९ मा डेरा गरी बस्ने धरान २ मा तरकारी व्यापार गर्ने एक युवामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यसले पनि धरानमा समुदाय स्तरमै कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । बुधवार राति एकै परिवारका ५ जना सहित १२ जनामा कोरोना सङ्क्रमण देखिएपछि धरानमा कोरोनाको सङ्क्रमण समुदाय स्तरमै भएको पाइएको हो । यो सँगै आज बिहान कोरोना सङ्क्रमण पुष्टि भएका तरकारी व्यापारी धेरै जनासँग सम्पर्कमा रहेकोले कोरोनाको जोखिम बढेको धरान ९ का वडाध्यक्ष रत्नबहादुर कटुवालले बताए ।

धरानका १३ जना कोरोना संक्रमित प्रतिष्ठानमा भर्ना
बुधवार राति र बिहीबार बिहान कोरोना सङ्क्रमण पुष्टि भएका १३ जना कोरोना सङ्क्रमितको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना आइसोलेसन वार्डमा भर्ना भएका छन् ।

BP-Corona-Isolation हिजो राति नै कोरोना पुष्टि भएर पनि ढिलो गरी अस्पतालमा भर्ना गर्नुको मुख्य कारण अस्पतालमा बेड अभाव भएको र बेड व्यवस्थापन गर्नुपर्ने भएकोले ढिलो भएको बताइएको छ । आज अबेर मात्रै १३ जना सङ्क्रमितलाई प्रतिष्ठानमा भर्ना गरिएको स्वास्थ्य महाशाखा प्रमुख मेहेताले बताए ।

संक्रमित भेटिएको क्षेत्रमा सिल
धरानमा जहा जहा कोरोना संक्रमित भेटिए त्यहाँ त्यहाँ सिल गरिएको छ ।

धरान ३ मा एकै परिवारका ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको भन्दै आज सो क्षेत्रमा बास राखेर सिल गरिएको छ ।

Sil यसै गरी धरान ९ का तरकारी व्यापारीमा पनि कोरोना सङ्क्रमण भएको पाइएपछि धरान ९ को नरेन्द्र पथ सब्जी लाइनमा पनि बास राखेर बन्द गरिएको छ । यसै गरी उता धरान १५ को सेन्ट्रल रोड पनि बन्द गरिएको छ ।

धरानमा अहिले सम्म ४१ जनामा कोरोना सङ्क्रमण भएको छ भने समुदायमा १४ जनामा कोरोना सङ्क्रमण भएको छ । यसले गर्दा धरानमा कोरोना समुदायमै फैलिएकोले सबै सतर्क रहन भनिएको छ ।

Sil-1