धरान : नेपाल चलचित्रकर्मी महासङ्घ प्रदेश नं. १ ले सामाजिक सञ्जालमा भाइरल भइरहेको अश्लील भिडियो मा नायिका तथा मोडल रेखा लिम्बुको नाम जोडिएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सामाजिक सञ्जालहरूमा भाइरल बनाइएको अश्लील भिडियोसंग नायिका लिम्बुको नाम जोडिएकोले उक्त अश्लील भिडियो मा देखिएको व्यक्ती रेखा लिम्बु नभएको महासङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो विषयमा इलाका प्रहरी कार्यालय धरानमा साइबर कानुन अन्तर्गत मिति भदौ २ गते उजुरी पनि गरी सकेको जनाइएको छ । यस्तो कार्य गर्ने अपराधीलाई छिटोभन्दा छिटो पत्ता लगाई साइबर कानुन अंतरगत कारबाही हुनुपर्ने भनिएको छ । यस प्रकारले अरू कसैको भिडियो मा कसैको पनि नाम जोडिएर प्रचार प्रसार गरिनु एकदमै निन्दनीय कार्य भएकोले गर्दा यस्तो कार्यमा सहभागी नभई दिनुहुन महासङ्घले अनुरोध गरेको छ ।

सोसियल मिडियाको दुरुपयोग गर्दै यस प्रकारले कसैको पनि चरित्रहत्या गर्नेहरू विरुद्ध चलचित्रकर्मी महासङ्घ प्रदेश नं. १ का चलचित्रकर्मीहरू एकबद्ध भएर लाग्ने भन्दै विज्ञप्तिमा चलचित्रकर्मी महासङ्घ प्रदेश नं. १ का वरिष्ठ सल्लाहकार प्रेम सुब्बा, किशोर सम्बाहाम्फे, थारु चलचित्र सङ्घका केन्द्रीय अध्यक्ष परशुराम चौधरी, सिङ्गक समाज कडकड. पूर्व अध्यक्ष नानी चन्द्र सिङ्गक, शारीरिक सुगठन प्रदेश नम्बर १ का अध्यक्ष केशव श्रेष्ठ, मोरङ चलचित्रकर्मी सङ्घ मोरङका अध्यक्ष निरज व्लाक, सुनसरी चलचित्रकर्मी सङ्घका कोषाध्यक्ष रविन श्रेष्ठ, चलचित्र कलाकार सङ्घ प्रदेश १ का अध्यक्ष दिनेश कोइराला, याक्थुङ सिंगक फाउन्डेसनका अध्यक्ष मिना सिंगकको संयुक्त हस्ताक्षर गरी सो विज्ञप्तिमा नायिका लिम्बुको नाम जोडेर प्रचार प्रसार गर्नेलाई कारबाही गर्न माग गरेका छन् ।

यसै गरी नायिका रेखा लिम्बुले पनि एक विज्ञप्ति जारी गरी आफूसँग अनुहार मिलेको विदेशी भिडियो मा आफ्नो नाम जोडिएर अनर्गल प्रचार प्रसार गरिएकोमा आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरेकी छिन् ।

Bigyapti-1Bigyapti-2 Bigyapti-3