धरान : चर्चित गायक राजेश पायल राईको आवाजमा 'खै के भयो' सार्वजनिक भएको छ । रमेश मगरको शब्द सङ्गीतमा तयार भएको गीत सन्तोष दुमी अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

केही वर्षदेखि वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा बसोबास गर्दै आएका गीतकार रमेश मगरले सुस्त हावा, नसम्झाऊ अतीतका ती तिता पल लगायतका गीतमा शब्द सङ्गीत दिइसकेका छन् ।

सार्वजनिक गीतलाई राजु कार्कीले सङ्गीत संयोजन गरेका हुन् । चर्चित प्रांक स्टार एलिस राई, नग्मा श्रेष्ठ, निनाहाङ राई अभिनीत गीतको भिडिओलाई धन खालिङ र श्री थापाले खिचेका हुन् भने धन खालिङले नै सम्पादन गरेका हुन् ।

आफूले मन पराएको सबै कुरा पाउन सकिन्न भन्ने सन्देश दिन खोजिएको यस भिडिओलाई किशन भुषालले कोरियोग्राफि गरेका हुन् । जस्केको क्रिएसनको प्राेडक्सनमा तयार भिडिओलाई गायक तथा सङ्गीतकार सन्तोष डुमीले निर्देशन गरेका हुन् ।