झापा : इलाका प्रहरी कार्यालय दमकले ट्याक्टर सहित गोलिया काठ बरामद गरेको छ ।

दमक नगरपालिका वडा नं. १ पेल्टीमारी भन्ने स्थानबाट भदौ १५ गते बरामद गरिएको उक्त गोलिया काठहरूमा मसला, कदम र शिरीषका रहेका छन् । २२ थान गोलिया काठ अन्दाजी ५० क्युबिक फिट भन्दा बढी रहेको बताइएको छ ।

प्रहरीले बरामद गरिएका काठको कुनै पुर्जी वा प्रमाण भए लिएर आउनु भनेता पनि १६ गते अबेरसम्म कोही पनि सम्पर्क गर्न नआएपछि इलाका प्रहरी कार्यालय दमकले शव वन डिभिजन कार्यालय बेलडाँगीलाई बुझाएको र सो वन कार्यालयले सशस्त्र वन सुरक्षा शाखा सुरुङ्गालाई बुझाएको हो ।

मे १ त २३७८ नम्बरको ट्याक्टरमा लोड गरिएको अवस्थामा इप्रका दमकको टोलीले उक्त काठ बरामद गरेको थियो । काठका बारेमा अनुसन्धान हुने सशस्त्र वन सुरक्षा शाखाका एक कर्मचारीले बताए । कोरोना भाइरस कोभिड-१९ को यस अवधिमा काठ तस्करहरू सक्रिय भएको प्रमाण जताततै भेटिने गरिएको छ