प्रदेश १ मा ४६ जना कोरोना संक्रमित थपिए, प्रदेश १ मा सङ्क्रमितको सङ्ख्या ४,७४२ पुग्यो

  • भदौ २८, २०७७
  • २६६ पटक पढिएको
  • कपुरी न्यूज
alt

धरान : प्रदेश १ मा आज ४६ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा ४१, खोटाङ, उदयपुर र झापा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा आज ३८ जनामा सङ्क्रमण देखिएको छ । १८ महिला र २० जनाको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको धनपालथानमा २ पुरुष, कटहरीमा १ पुरुष, खोटाङको साकेला गाउँपालिकामा १ पुरुष, उदयपुरको स्थानीय तह नखुलेका १ पुरुष, झापाको शिवसताक्षीमा १ महिला र प्रदेश १ बाहिरका १ महिला र १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ४ हजार ७४२ पुगेको छ । प्रदेश १ मा आज ७ जना डिस्चार्ज भएका छन् । उनीहरू सबै मेची अस्पताल झापाबाट डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको सङ्ख्या २ हजार ६३ पुगेको छ ।

प्रदेश १ मा आज ५ सय ४७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २० महिला र २६ पुरुष रहेका रहेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार हाल सम्म १ लाख ७ हजार ५३३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved