धरान : संविधान दिवसको अवसरमा आज साँझ धरानका विभिन्न चौकहरूमा दीप प्रज्वलन गरिएको छ । 

दीप प्रज्वलन गर्ने क्रममा धरान उपमहानगरपालिकाले पनि उपमहानगर परिसरमा संविधान दिवसको अवसरमा दीपावली गरेको छ । मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी सहित युवा, विद्यार्थीहरूले दीप प्रज्वलन गरेका हुन् ।

धरानका विभिन्न चौकहरू र वडा कार्यालयहरूमा दीप प्रज्वलन गरी दीपावली गरिएको छ । नेपालको नक्सा बनाएर मैनबत्ती बालेर संविधान दिवसको अवसरमा दीपावली गरिएको हो । 

 २०७२ असोज ३ गते संविधान सभाबाट सङ्घीयता सहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाउनेक्रममा धरानमा पनि विभिन्न कार्यक्रमहरू गरी साँझमा दीप प्रज्वलन गरेर दीपावली गरिएको हो ।

 यसै गरी आज साँझ धरानको भानु चौकमा पनि दीप प्रज्वलन गरी दीपावली गरिएको छ । नेपालमा नयाँ नेपालको नयाँ संविधान जारी भएको दिन २०७२ असोज ३ गतेको स्मरण गर्दै सोही दिनलाई संविधान दिवसको रूपमा नेपालमा मनाउने गरिन्छ ।

Dipprajuwalan-2 Dipprajuwalan-3