आईपीएलमा बेङ्गलोरको विजयी सुरुवात

  • आश्विन ६, २०७७
  • १७५ पटक पढिएको
  • कपुरी न्यूज
alt

धरान : विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेङ्गलोरले इन्डियन प्रिमियर लिग २०२० मा विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा बेङ्गलोरले सनराइजर्स हैदरावादलाई १० रनले पराजित गर्दै सुखद सुरुवात गरेको हो ।

बेङ्गलोरले दिएको १६४ रनको लक्ष्य पछ्याएको हैदरावादले १९.४ ओभरमा सबै विकेट गुमाएर १५३ रन मात्र बनाउन सक्यो । ओपनर जोनी बेयर्‍स्टोले अर्धशतक प्रहार गरेपछि मिडल अर्डरका खेलाडी लगातार आउट हुँदा हैदरावाद जितसम्म पुग्न सकेन । बेयर्‍स्टोले सर्वाधिक ६१ रन बनाउँदा मनिस पाण्डेले ३४ र प्रियम गर्गले १२ रन जोडे । बाँकी खेलाडी दोहोरो अंक नजोडी आउट भए ।

बेङ्गलोरका लागि युजभेन्द्र चाहलले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । यस्तै शिवम दुबे र नवदीप सैनीले २-२ विकेट लिए ।

त्यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको बेङ्गलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६३ रन बनाएको थियो । बेङ्गलोरका लागि युवा ओपनर देबदत्त पाडिक्कल र एबी डे भिलियर्सले अर्धशतक प्रहार गरे ।

पाडिक्कलले ४२ बल खेल्दा ८ चौका मद्दतमा सर्वाधिक ५६ रन बनाए । यस्तै डे भिलियसर्सले ३० बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ५१ रन बनाए ।

यस्तै आरोन फिन्चले २९ र कप्तान कोहलीले १४ रन जोडे । हैदरावादका लागि टि नटराजन, अभिषेक शर्मा र विजय शंकरले १-१ विकेट लिए ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved