विराटनगर : प्रदेश १ मा आज १ सय १४ जना कोरोना सङ्क्रमित थपिएका छन् । 

मोरङमा ८६, सुनसरीमा २१, झापामा ५, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा ७१ सङ्क्रमित थपिएका छन् । सङ्क्रमण पुष्टि भएकामा ३६ महिला र ३५ पुरुष रहेका छन् । मोरङको बुढीगंगामा २ महिला ४ पुरुष, सुन्दरहरैचामा २ महिला २ पुरुष, कटहरीमा २ पुरुष, पथरीशनिश्चरेमा १ महिला , सुनबर्षी र धनपालथानका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

सुनसरीको धरानमा ४ महिला ९ पुरुष, दुहबीमा १ महिला ६ पुरुष, इटहरीमा १ पुरुष, झापाको बिर्तामोडमा २ पुरुष, झापा गाउँपालिका, भद्रपुर र कनकाईमा १–१ पुरुष, उदयपुर र प्रदेश १ बाहिरका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार ६४ पुगेको छ ।

प्रदेश १ मा आज ७ सय ९४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ४७ महिला र ६७ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हाल सम्म १ लाख १८ हजार ८१० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।