विराटनगर : प्रदेश १ मा आज ४६८ कोरोना सङ्क्रमित थपिएका छन् । 

मोरङमा २०७, सुनसरीमा २००, झापामा २९, तेह्रथुममा ७, उदयपुरमा ४, इलाममा ३, धनकुटा र सङ्खुवासभामा २–२, भोजपुर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार विराटनगरमा १३४ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएकामा ४९ महिला र ८५ पुरुष छन् । मोरङको सुन्दरहरैचामा १३, उर्लाबारीमा १२, बेलबारीमा ११, पथरीशनिश्चरेमा ७, ग्रामथानमा ५, केराबारीमा ३, बुढीगंगा, लेटाङ, कानेपोखरी र धनपालथानमा २–२, कटहरी, रंगेली र रतुवामाईमा १–१ र स्थानीय तह नखुलेका ११ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको धरानमा १०८, इटहरीमा ६५, दुहबीमा ६, बराहक्षेत्रमा ५, बर्जु र रामधुनीमा ३–३, गढी र इनरुवामा २–२, देवानगञ्ज र कोशी गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता झापाको बिर्तामोडमा ८, भद्रपुरमा ६, दमकमा ४, अर्जुनधारामा ३, बुद्धशान्ति र गौरादहमा २–२, शिवसताक्षी, कनकाई,  कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१, तेह्रथुमको म्याङ्लुङमा २, लालीगुराँसमा १, स्थानीय तह नखुलेका ४, उदयपुरको त्रियुगामा ३ र बेलकामा १, इलामको माई, देउमाई र स्थानीय तह नखुलेका १–१, धनकुटामा २, सङ्खुवासभाको खाँदबारी र सभापोखरीमा १–१, भोजपुरको षडानन्दमा १, ताप्लेजुङको आठराई त्रिवेणीमा १ र प्रदेश १ बाहिरका १२ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार ७०२ पुगेको छ । प्रदेश १ मा आज २२१ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २०९ र न्युरो अस्पतालबाट १२ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ५ हजार ५६१ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ४४५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १६४ महिला र ३०४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ४३ हजार ९३३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।