विराटनगर : प्रदेश १ मा आज ४७४ जना कोरोना सङ्क्रमित थपिए छन् ।

मोरङमा २६५, सुनसरीमा ९३, झापामा ५६, उदयपुरमा २९, इलाममा ७, सङ्खुवासभामा ५, भोजपुरमा २, धनकुटा, तेह्रथुम, पाँचथर र ओखलढुङ्गामा १-१ र प्रदेश १ बाहिरका १३ जना सङ्क्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १५४ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएकामा ५० महिला र १०४ पुरुष छन् ।

मोरङको सुन्दरहरैचामा २८, बेलबारीमा १९, कटहरी र पथरीशनिश्चरेमा १२-१२, बुढीगंगामा १०, रतुवामाईमा ७, ग्रामथानमा ६, कानेपोखरीमा ५, लेटाङमा ४, धनपालथानमा २, उर्लाबारी, जहदा, मिक्लाजुङ र रंगेलीमा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको इटहरीमा ५७, इनरुवामा ९, रामधुनीमा ७, दुहवीमा ५, धरानमा ४, बर्जु र गढीमा २-२, हरिनगर, बराहक्षेत्र, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १-१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता झापाको भद्रपुरमा १५, दमकमा १३, बिर्तामोडमा १२, मेचीनगरमा ९, गौरादह र अर्जुनधारामा २-२, कमल, झापा गाउँपालिका र बाह्रदशीमा १-१, उदयपुरको कटारी र त्रियुगामा १३-१३, उदयपुरगढी, बेलका र चौदण्डीगढीमा १-१, इलामको इलाममा ४, फाकफोकथुम, माईजोगमाई र सूर्योदयमा १-१, सङ्खुवासभाको चैनपुर र मकालु २-२, खाँदबारीमा १, भोजपुरको अरुण र भोजपुरमा १-१, धनकुटाको छथरमा १, तेह्रथुमको लालीगुराँसमा १, पाँचथरको फिदिममा १ र ओखलढुङ्गाको मानेभन्ज्याङमा १ र प्रदेश १ बाहिरका १३ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या १३ हजार ६५६ पुगेको छ । प्रदेश १ मा आज १५ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ७, मेची अस्पतालबाट ७ र होम आईसोलेसनबाट १ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ५ हजार ५७५ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ४६८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १४९ महिला र ३२५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ४६ हजार ८५० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।