बीपीमा कोरोना सङ्क्रमितको उपचारका लागि ७ हजार देखि ६० हजार सम्म धरौटी राख्नुपर्ने निर्णय, पिसिआर परीक्षण शुल्क २२ सय तोकियो

  • कार्तिक ६, २०७७
  • १४७५ पटक पढिएको
  • कपुरी न्यूज
alt

धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोरोना सङ्क्रमित बिरामीको लागि धरौटी राखेर मात्र उपचार गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानका अस्पताल निर्देशक प्रा। डा। गौरी शङ्कर शाहले एक सूचना जारी गरी नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतको स्वास्थ्य आपतकालिन तथा विपत् व्यवस्थापन इकाई, काठमाडौवाट निर्णय भए अनुसार प्रतिष्ठानले पनि यस्तो निर्णय गरेको जनाएको छ ।

सरकारको निर्णयलाई कार्यान्वयन गर्न निर्देशन भए अनुसार प्रतिष्ठानमा कोभिड १९ को लागि गरिने उपचार सेवा, पिसिआर परीक्षण सम्बन्धमा आउँदो कार्तिक ९ गते आइतबार देखि लागु हुने गरी प्रतिष्ठानले कोरोना सङ्क्रमितलाई ४ वटा वर्गीकरण गर्दै छुट्टाछुट्टै धरौटी राख्नुपर्ने सूचनामा उल्लेख गरेको छ ।

सङ्क्रमित बिरामी प्रतिष्ठानमा भर्ना हुनु अगावै धरौटी बुझाउनुपर्ने छ । प्रतिष्ठानका अनुसार कुनै लक्षण नभएका सङ्क्रमितलाई ७ हजार धरौटी राख्नुपर्नेछ भने प्रतिदिन २ हजार शुल्क तिर्नुपर्नेछ । हल्का लक्षण भएकाले १२ हजार धरौटी भर्ना हुनु अघि नै राख्नुपर्नेछ भने प्रतिदिन ३५ सय शुल्क तिर्नुपर्नेछ । मध्यम लक्षण भएका बिरामीले ३५ हजार धरौटी बुझाउनुपर्नेछ भने प्रतिदिन शुल्क ७ हजार ५ सय तिर्नुपर्नेछ ।

यस्तै, गम्भीर लक्षण भएका बिरामीले ६० हजार धरौटी बुझाउनुपर्ने भएको छ भने प्रतिदिन १५ हजार शुल्क तिर्नुपर्ने सूचनामा उल्लेख छ ।

आर्थिकरुपले विपन्न, अशक्त, असहाय एकल महिला, अपाङ्गता भएका नागरिक, ज्येष्ठ नागरिकहरुहरुलाई लक्षण देखिएमा सिफारिस तथा परिचय पत्रको अधारमा निःशुल्क पिसिआर परीक्षण गर्ने प्रतिष्ठानले जनाएको छ । अन्य सबैलाई २२ सय रुपैयाँ पिसिआर शुल्क लाग्ने छ ।

BP-Suchana 1 यसैगरी लक्षण नभएमा वा हराएमा सङ्क्रमित बिरामीहरूलाई १४ दिनमा डिस्चार्ज गर्ने गरिएकोमा अब उप्रान्त पछिल्लो ३ दिनमा चिन्ह वा लक्षण नदेखिएमा १० दिनमा डिस्चार्ज गर्ने । त्यस पश्चात् बिरामीले ७ दिन होम आइसोलेसनमा अनिवार्य बस्नु पर्ने छ ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved