धरान : प्रदेश नं. १ मा आज ९७ जना महिला र १४० जना पुरुष गरी २३७ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

झापाको गौरीगन्जमा ७, बिर्तामोडमा ११, भद्रपुरमा १, गौरादहमा २, हल्दीवारीमा १, कनकाईमा ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसै गरी मोरङको उर्लाबारीमा ४, पथरीशनिश्चरेमा १, विराटनगरमा २, बेलबारीमा १ जना रहेका छन् ।
यस्तै इलामको रोङ गाउँपालिकामा ४,इलाम नगरपालिकामा ३ जना, मिक्लाजुङमा १, सुनसरीको धरानमा ७४ महिला र १०५ पुरुष गरी १८९ जना, इटहरीमा ८ जना र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।