धरान : धरान-१४ स्थित विजयपुर चोकबाट बुढासुब्बा, दन्तकाली र पिण्डेश्वर मन्दिर दर्शन गर्न आएका भक्तजनहरूलाई विजयपुर चौकबाटै फर्काइएको छ ।

स्वतः स्फूर्त रूपमा आएका भक्तजनहरूको सङ्ख्या अत्यधिक बढेर मन्दिरहरूमा भिड बढेपछि कोरोना सङ्क्रमणको जोखिम उच्च भएकोले हिजो देखि मङ्सिर ६ गतेसम्म विजयपुरका सम्पूर्ण मन्दिरहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको छ ।

धरान-१४ का वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराईले भने मन्दिरहरू बन्द रहेको सूचना सर्वसाधारण सम्म नपुग्नुले टाढाटाढाबाट भक्तजनहरू मन्दिरमा आउने गरेको बताए ।

पछिल्लो समय विजयपुरमा कोरोना सङ्क्रमण र मृत्यु दर पनि बढ्दै गएकोले स्थानीयहरू आफै सचेत हुनुपर्ने बेलामा थप भक्तजनहरू विजयपुर आइदिँदा कोरोनाको जोखिम झन् बढेको स्थानीयवासीको भनाई छ ।

त्यसैले आज मन्दिरमा पूजा गर्न आएका कुखुरा, हाँस,फूल माला बोकेर आएका भत्तजनहरुलाई विजयपुर चौकमा स्थानीयवासी र सुरक्षाकर्मीले पकाइदिएका छन् ।

धरान भरिका ट्याम्पो चालकहरूले त जानीजानी कसैलाई पनि लिएर आउँदैनन् । धरानको भानुचोक सम्म गाडीमा आउने भक्तजनहरू ट्याम्पो चढेर मन्दिर आएका भक्तजनहरूलाई आज फर्काइएको हो ।