झापा र उदयपुरमा भूमिहीन तथा अव्यवस्थित बसोबास गर्नेलाई लालपुर्जा वितरणको तयारी

  • मंसिर ५, २०७७
  • १४९६ पटक पढिएको
  • कपुरी न्यूज
alt

झापा : झापाको कनकाई नगरपालिकामा रहेका भूमिहीन र अव्यवस्थित बसोबास गर्नेलाई लालपुर्जा वितरण गर्ने तयारी भएको छ । प्रदेश नं १ अन्तर्गत झापाको कनकाई नगरपालिका र उदयपुरको बेलका नगरपालिकासँग भूमिसम्बन्धी समस्या समाधान आयोगले गरेको सम्झौता अनुसार भूमिहीन र अव्यवस्थित बसोबास गर्नेलाई लालपुर्जा वितरणको तयारी भएको हो ।

उम्मेदवारले निर्वाचनका समयमा भूमिहीनलाई लालपुर्जा वितरण गरिने प्रतिबद्धता जनाएका थिए । आयोगले देशभर १४ स्थानीय तहमा लालपुर्जा वितरणका लागि गत कात्तिक १४ गते सम्झौता गरेको थियो । सात प्रदेशका ती स्थानीय तहमा पहिलो चरणमा लालपुर्जा वितरण गर्ने गरी आयोगले काम थालेको हो । सोहीबमोजिम कनकाई नगरपालिकाले आवश्यक प्रक्रिया अघि बढाएको छ । लालपुर्जा वितरणमा खटिने कर्मचारीलाई तालीमसमेत दिइसकिएको छ ।

भूमिहीनलाई भूमि र आवासविहीनलाई आवास दिने नेकपा सरकारको घोषणानुरुप देशभर पहिलो चरणको काम थालिएको छ । झापा क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एलपी साँवा लिम्बू तथा आयोगका सदस्य गोपाल गुरागाईँ र प्रतिनिधि जगतबहादुर देउजाले नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेललाई सक्कल आवेदन फाराम हस्तान्तरण गरेका छन् ।

आयोग गठन र लालपुर्जा वितरणको कामलाई गति दिन केन्द्रीय तहबाट भूमिका निर्वाह गर्नुभएका सांसद लिम्बूले भूमिहीन दलित र भूमिहीन सुकुम्वासीका लागि आएको आवेदन फाराम नगरपालिकालाई हस्तान्तरण गरिएको जानकारी दिए । सांसद लिम्बूका अनुसार नेकपाले निर्वाचनमा गरेको प्रतिबद्धताअनुसार लालपुर्जा वितरणको काम अघि बढाइएको हो । उनले यही मङ्सिर १४ गते नगरपालिकाले सूचना जारी गर्ने र २०७८ असार मसान्तभित्र भूमिहीनलाई र असोजभित्र अव्यवस्थित बसोबास गर्नेलाई लालपुर्जा वितरण गरिने जानकारी दिए । अधिकतम ३० कठ्ठासम्मको लालपुर्जा दिइने सांसद साँवाको भनाइ छ ।

साँवाले पहिलो चरणमा १४ पालिकाको काम सकेर २०७८ मङ्सिरभित्र थप एक सय पालिकामा सोही कामको सम्झौता हुने जानकारी दिए । झापाका शिवसताक्षी र झापा गाउँपालिकासहित आठ पालिकामा लालपुर्जाको काम गरिने बताइएको छ ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved