धरान : मोरङ र झापाका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

शनिवार राती सवा ९ बजे मोरङको सुन्दरहरैचा नगरपालिका-८ सलकपुरमा को २ त ३१९६ नम्बरको ट्याक्टरले को ३८ प १६६५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएका स्कुटर चालक सुन्दरहरैचा नगरपालिका-५ का ४२ वर्षीय महेश्वर चौधरीको उपचारको क्रममा राती १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

यसै गरी मोरङकै उर्लाबारी नगरपालिका ८ मा मे ४ प ९२८५ नम्बरको मोटरसाइकल शनिवार राती ८ बजे अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक स्थानीय ३० वर्षीय उपेन्द्र दनुवार र सोही मोटरसाइकल पछाडि सवार रहेका तेह्रथुम म्याङ्लुङ ९ का ४५ वर्षीय श्याम तामाङको अरनिको अस्पतालमा उपचार भइरहेकोमा उपचारको क्रममा श्याम तामाङको राती सवा ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

यस्तै झापाको अर्जुनधारा नगरपालिका-८ मा को १ क १५८७ नम्बरको जेसीबीले प्रदेश १-०१-०१२ प ७१५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका ५ का ३२ वर्षीय दीपक कुमार बुढाथोकीको उपचारको क्रममा राती साँढे ७ बजे बिर्तामोडको बि.एन्ड.सी. अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।