धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमसिएच भवनको निर्माण कार्य ३३ प्रतिशत पुरा भएको छ ।

पछिल्लो समय ज्येष्ठ महिना देखि रोकिएको काम सुचारु भएकोले अव सो भवन १८ महिनामा निर्माण सम्पन्न हुने गरी काम भइरहेको एमसिएच कन्सल्टेन्टका साइट इन्जिनियर सुशील देवले बताए ।

४ सय बेडको उक्त भवनको शर्मा रसुवा जोइन्ट भेन्चरले २ अर्ब १७ करोडमा निर्माणका लागि ठेक्का लिएको हो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीले आफ्नो कार्यकालको सुरूवातमा नै निर्माण रोकिएको प्रक्रिया मिलाएर काम सुचारु गरेका हुन । पछिल्लो पटक काम सुचारु भएपछि अहिले सम्म ३० करोड भुक्तानी भइसकेको बताइएको छ ।

भौतिक रूपमा ३८ देखि ३९ प्रतिशत काम सम्पन्न भएको एमसिएच कन्सल्टेन्टका साइट इन्जिनियर सुशील देवले बताएका छन् । हालसम्म ६८ करोडको बिल भुक्तानीको लागी पठाइसकेको उनले जानकारी दिए ।

एमसिएच भवनमा ४ सय बेड हुने भएकोले यो भवन निर्माण सम्पन्न भएपछि आमा र बच्चाको लागि उपचारमा सहजता हुने बताइएको छ ।