प्रदेश १ मा आज ४९५ जनाको पिसिआर परीक्षण, ९२ जना कोरोना संक्रमित थपिए

  • मंसिर १७, २०७७
  • २३८ पटक पढिएको
  • कपुरी न्यूज
alt

विराटनगर : प्रदेश १ मा आज ९२ जना कोरोना संक्रमित थपिएका छन् ।

झापामा २६, सुनसरीमा २१, मोरङ, र इलाममा २०-२०, धनकुटा र उदयपुरमा २-२ र पाँचथरमा १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको मेचीनगरमा ६, बाह्रदशीमा ५, बिर्तामोडमा ४, भद्रपुर, शिवसताक्षी, कनकाई र दमकमा २-२, अर्जुनधारा, कचनकवल र हल्दिबारीमा १-१, सुनसरीको धरानमा १६, इटहरीमा २, रामधुनी, गढी र इनरुवामा १-१, मोरङको विराटनगरमा १३, सुनबर्षी र मिक्लाजुङमा २-२, उर्लाबारी, कटहरी र बेलबारीमा १-१ जना, इलामको इलाम नगरपालिकामा १७, माईजोगमाईमा २ र सूर्योदयमा १ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

उता धनकुटाको धनकुटा नगरपालिकामा २, उदयपुरको बेलका र स्थानीय तह नखुलेका १-१, पाँचथरको फिदिममा १ जनामा सङ्क्रमण देखिएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २७ हजार ५३३ पुगेको छ ।

प्रदेश १ मा आज ५० जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ४३, मेची अस्पतालबाट ६ र विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २२ हजार ४२७ पुगेको छ ।

प्रदेश १ मा आज ४९५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३३ महिला र ५९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ९२ हजार ७५६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2021 - Kapurinews.com All rights reserved