धरान : सुजय गौतमको अध्यक्षतामा ४१ सदस्य खेलकुद महासंघ मोरङको गठन भएको छ ।

महासङ्घको उपाध्यक्ष हेमन्त सुवेदी, सचिव द्वारिका रेग्मी सह, सचिव राम लिम्बु, र कोषाध्यक्ष गङ्गा चौधरी रहेका छन् । खेलकुद माहसंघ नेकपाको भातृ संगठन हो ।

पूर्व एमाले हुँदा समेत माधव नेपाल पक्षको वर्चस्व महासंघमा रहने गरेको थियो । खेलकुद महासंघमा नेपाल पक्षको वर्चस्व रहेपछि ओली समूहले मदन भण्डारी स्पोटिङ क्लब गठन गरेर चलाउने गरेको थियो ।

माधव समूहले भने पूर्व माओवादी सहित खेलकुद क्षेत्रका खेलाडी तथा जानकारहरूलाई समेटेर समूह निर्माण गरेको छ । माधव प्रचण्डले विभिन्न भातृ सङ्गठनहरूलाई सक्रिय बनाइरहेका छन् ।

नेकपाका केन्द्रीय सदस्य महेश रेग्मी मोरङ सचिव गणेश उप्रेती, प्रदेश सभा सदस्य कुशल लिम्बु लगायतको उपस्थितिमा खेलकुद महासङ्घको समिति गठन गरिएको हो ।