धरान : प्रदेश नम्बर १ मा आज ६८ जनाको पिसिआर परीक्षण गर्दा १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार आज परीक्षण गरिएका ६८ जना मध्येबाट झापाको शिवसताक्षी नगरपालिकाका १ जना पुरुषमा मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यो सँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ३० हजार ६६ पुगेको छ । प्रदेश १ मा आइसोलेसनमा २ सय जना रहेका छन् भने कोरोना जित्नेको सङ्ख्या २९ हजार ४ सय ३ पुगेको छ ।

यस्तै प्रदेश १ मा मृत्यु हुनेको सङ्ख्या ४ सय ६३ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।