रानी शाक्य र प्रमोद खरेलको 'चल्यो मायाको बतास' रिलिज

  • माघ ९, २०७७
  • २६० पटक पढिएको
  • कपुरी न्यूज
alt

धरान : गायिका डा. रानी शाक्यले चर्चित गायक प्रमोद खरेलसंगको सहकार्यमा युगल गीत 'चल्यो मायाको बतास' सार्वजनिक भएको छ ।

डान्सिङ शैलीको यस गीतको म्युजिक भिडियोमा नेपाली रजतपटका सदाबहार नायक दिलिप रायमाझी र नायिका अशिष्मा नकर्मीको नृत्य र अभिनय रहेको छ । ठुलो पर्दामा न देखिएको जोडीको म्युजिक भिडियोमा केमिस्ट्री सुहाएको देखिन्छ ।

गायिका डा.रानी शाक्यको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा हरी उप्रेतीको शब्द र विकाश चौधरीको संगीत रहेको छ

भने भिडियोमा राजन शाहीको कोरियोग्राफी, आभेस बज्राचार्यको क्यामेरा, माधव बेलबासेको सम्पादन रहेको छ भने भिडियोलाई पछिल्लो समयका चर्चित युवा निर्देशक प्रहिल कार्कीले निर्देशन गरेका हुन्

हाल अमेरिकाको मेरिल्याण्डमा रहेकी गायिका शाक्यले केहि दिन अगाडी मात्रै १० वटा गीतहरु समाबेश आफ्नो सांगीतिक एल्वम 'ऐना' लोकार्पण भएको थियो भने त्यो बाहेक उहाको अहिलेसम्म ५० वटा भन्दा बढी गीतहरु बजारमा आइसकेका छन् ।

गायिका शाक्यले आधुनिक, डान्सिङ गीत, लभ भर्सनका गीतहरुका साथै चलचित्रको पार्श्र्व गायनमा समेत आफूलाई अब्बल सावित बनाइसक्नु भएको छ ।

सांगीतिक एल्वम 'ऐना'को ‘संसार फेर्न’ गीतबाट ‘नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७७’ मा सर्वोत्कृष्ट गायिका शाक्यले यही पुस १८ मा भएको स्पर्श म्युजिक अवार्डमा ‘ढलक ढलक’ गीतबाट सर्वोत्कृष्ट गायिकाको अवार्ड समेत पाएकी थिइन ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2021 - Kapurinews.com All rights reserved