धरान : हङकङमा रहेर गीत लेखनमा सक्रिय रहेका विष्णु इङ्नामको रचनामा नयाँ गीत औँठी बैना भर्खरै सार्वजनिक भएको छ ।

गीतमा दीपक लिम्बू र मेलिना राईले स्वर दिएका छन् भने सङ्गीत मविन्द्र राईको रहेको छ । 

हङकङबाट कभर भिडियोमा चर्चा कमाएका धिरज लिम्बू र मिस लिम्बू पहिलो सिजनकी सहभागी रेश्मा सम्बाहाम्फेको अभिनय रहेको सो म्युजिक भिडियोको छायाङ्कन हङकङमै गरिएको हो ।

मौसम इम्बुङ (फुलेन्देको बाउ), हेमराज अन्छड़बो, विष्णु इङ्नाम, नाम्लिङ ओख्राबोलाई पनि यो भिडियोमा देख्न सकिन्छ ।

छायाङ्कन तथा ड्रोन मज्जाको राई, सम्पादन अनिलकुमार महर्जन र निर्देशन युगल पोमोको रहेको यस गीतलाई विष्णु इङ्नामको च्यानलबाट युट्युबमा हेर्न र सुन्न सकिनेछ ।